+
Search

ताजा अपडेट +

पपुलर +

बीपी स्मृति मेमोरियल अमेट्योर फुटसल प्रतियोगिता २०८२ भव्य रूपमा आयोजना हुने

Sailesh Gurung
२०८२ जेष्ठ २९, बिहीबार १७:३३ बजे

अनिल गुरुङ (पाण्डे), सजत कार्की (नाती चाउ) र उत्तम गुरुङ को सम्झनामा आयोजित बीपी स्मृति मेमोरियल अमेट्योर फुटसल प्रतियोगिता २०८२ आगामी साउन ६ मा भव्य रूपमा सम्पन्न हुने तयारीमा छ।

यस प्रतियोगितालाई अमित गुरुङ र अन्तिम गुरुङ द्वारा आयोजित गरिएको छ भने नयाँगाउँ युथ क्लब, जिल्ला खेलकुद विकास समिति, कास्की, तथा नेपाल लोकतान्त्रिक खेलकुद संघ, कास्की को विशेष सहयोग रहेको छ।

प्रतियोगिता संयोजक बिकास गुरुङ ले जानकारी दिँदै तयारीहरू तीव्र रूपमा अघि बढिरहेको बताए। “यो प्रतियोगिता केवल खेल मात्र होइन, हाम्रा प्रिय दाजुभाइहरूको सम्झनालाई जीवित राख्ने एउटा माध्यम हो। उनीहरूको खेलप्रतिको लगावलाई सम्मान गर्न हामीले यो प्रतियोगिता आयोजना गरेका हौं,” उनले भने।

प्रतियोगितामा विजेता टोलीलाई रु १,००,०००, उपविजेता टोलीलाई रु ५०,००० प्रदान गरिनेछ। व्यक्तिगत उत्कृष्टता प्रदर्शन गर्ने खेलाडीहरूलाई पनि सम्मान गरिनेछ, जसअनुसार उत्कृष्ट खेलाडीलाई रु ५,०००, उत्कृष्ट गोलरक्षकलाई रु २,०००, तथा सर्वाधिक गोलकर्ता खेलाडीलाई रु २,००० पुरस्कार प्रदान गरिनेछ। प्रतियोगितामा सहभागी हुन प्रवेश शुल्क रु ६,००० तोकिएको छ।

यस प्रतियोगिताको मिडिया पार्टनर गुरखा प्लेज रहेको छ, जसले प्रसारण, डिजाइन तथा फोटोग्राफी को जिम्मेवारी लिएको छ। आयोजकहरू प्रतियोगितालाई भव्य र सम्झनायोग्य बनाउन पूर्ण तयारीमा जुटिरहेका छन्।

प्रतियोगिता नजिकिँदै जाँदा, खेलाडी, समर्थक तथा सम्पूर्ण समुदाय एकजुट भई अनिल, सजत र उत्तम को सम्झनालाई सम्मान गर्न उत्साहित छन्। खेलको माध्यमबाट उनीहरूको योगदानलाई सम्झनु प्रतियोगिताको मुख्य उद्देश्य रहेको आयोजकहरूले बताएका छन्

 

प्रतिक्रिया

लेखकको बारेमा

Sailesh Gurung