+
Search

ताजा अपडेट +

पपुलर +

पोखरामा “पहिलो दौतरी कप विद्यालय स्तरीय फूटसल प्रतियोगिता–२०८२” आयोजना हुने

Gurkha Plays
२०८२ श्रावण ४, आईतवार १२:०१ बजे

पोखरा, रामबजार — पोखरा–१० स्थित दौतरी समूहको आयोजनामा “पहिलो दौतरी कप विद्यालय स्तरीय फूटसल प्रतियोगिता–२०८२” यहि २०८२ साल श्रावण १५ गतेदेखि १७ गतेसम्म पोखरा रंगशाला मल्टिपर्पोज हलमा आयोजना हुने भएको छ।

प्रतियोगिताको मुख्य उद्देश्य विद्यार्थीहरूलाई खेलकुदप्रति प्रेरित गर्नुका साथै विद्यालयस्तरमा लुकेको प्रतिभालाई उजागर गर्नु रहेको आयोजकले जानकारी दिएको छ। यस प्रतियोगितामा विभिन्न विद्यालयका टिमहरूले प्रतिस्पर्धा गर्नेछन्, जसका लागि प्रवेश शुल्क रु. ५,०००/- निर्धारण गरिएको छ।

प्रतियोगितामा विजेता टिमलाई रु. ५५,५५५/- र उपविजेता टिमलाई रु. ३३,३३३/- नगद पुरस्कार प्रदान गरिनेछ। साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट किपर तथा फेयर प्ले टिमलाई पनि विधागत पुरस्कारहरू प्रदान गरिनेछ।

कार्यक्रमका मुख्य प्रायोजक श्री हिमाल राना (एच.के.) हुनुहुन्छ। यस प्रतियोगितालाई सफल बनाउन र आयोजनाको सम्पूर्ण प्रचारप्रसार तथा मिडिया कभरेजको लागि GURKHA PLAYS मिडिया साझेदारको रूपमा सक्रिय रूपमा सहकार्य गरिरहेको छ।

यसबाहेक, रामबजार सोसाइटी यू.के, रामबजार सोसाइटी हङकङ, तथा राम मन्दिर माछापुच्छ्रे महिला समूहजस्ता संस्थाहरूले कार्यक्रमको सह–आयोजकको भूमिकामा साथ दिइरहेका छन्।

दौतरी समूहले सम्पूर्ण विद्यालयहरूलाई समयमै दर्ता गराई प्रतियोगितामा सहभागी भई आफ्नो विद्यालयको गौरव बढाउन हार्दिक निमन्त्रणा गरेको छ।

सम्पर्क नम्बरहरू:
📞 ९८४६३८४५५८
📞 ९८१९१६९१०९

प्रतिक्रिया

लेखकको बारेमा

अभिलेख