+
Search

ताजा अपडेट +

पपुलर +

पोखरामा पहिलो माया गण्डकी प्रदेश स्तरीय खुला तेक्वान्दो च्याम्पियनशिप २०८२को पहिलो दिन धमाकेदार रूपमा सम्पन्न!

पोखरामा पहिलो माया गण्डकी प्रदेश स्तरीय खुला तेक्वान्दो च्याम्पियनशिप २०८२को पहिलो दिन धमाकेदार रूपमा सम्पन्न!

Sailesh Gurung
२०८२ जेष्ठ १६, शुक्रबार १७:१४ बजे

पोखरामा पहिलो माया गण्डकी प्रदेश स्तरीय खुला तेक्वान्दो च्याम्पियनशिप २०८२ को पहिलो दिन उत्साहजनक प्रतिस्पर्धा तथा उच्चस्तरीय खेल प्रदर्शनहरू बीच सफलतापूर्वक सम्पन्न भएको छ। ६०० भन्दा बढी प्रतिस्पर्धीहरूले आफ्नो उत्कृष्ट कौशल प्रदर्शन गरेका छन्। प्रतियोगिताका आयोजक रेख माया गुरुङ तथा उनकी टोली ले कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण तयारी पूरा गरेका थिए।

यस प्रतिष्ठित प्रतियोगिता आयोजनामा मुख्य प्रायोजक पूर्व सम्माननीय श्री अमर बहादुर गुरुङ को सम्मानित परिवारको उपस्थिति तथा सहयोगले प्रतियोगितालाई थप गरिमामय बनाएको छ। तेक्वान्दो खेलको प्रवर्द्धन तथा खेलाडीहरूको उत्थानमा परिवारको योगदान विशेष रह्यो।

पुम्से प्रतिस्पर्धाका विजेताहरू

पुरुष अण्डर १८
🥇 देवेन्द्र गुरुङ – एब्सोल्युट डोजाङ
🥈 गगन सुनुवार – पोखरा डोजाङ
🥉 विमोद गुरुङ – एब्सोल्युट डोजाङ

पुरुष अण्डर १७
🥇 सचिन बिक – एब्सोल्युट डोजाङ
🥈 सुवान गुरुङ – एब्सोल्युट डोजाङ
🥉 रोशन नेपाली – हिमति डोजाङ
🥉 राजन थापा – वारियर डोजाङ

पुरुष अण्डर ९
🥇 सुप्रीम गुरुङ – एब्सोल्युट डोजाङ
🥈 श्रावन गुरुङ – एब्सोल्युट डोजाङ
🥉 साजन गुरुङ – गोर्खा
🥉 सुवोध देवकोटा – इम्प्याक्ट

पुरुष अण्डर १२
🥇 प्रभिसन गुरुङ – एब्सोल्युट डोजाङ
🥈 रेयमन गुरुङ – एब्सोल्युट डोजाङ
🥉 सम्राट थापा – HTTD
🥉 आयुष लामा – इम्प्याक्ट

पुरुष अण्डर १४
🥇 अरिक राणा – एब्सोल्युट डोजाङ
🥈 केजिन गुरुङ – माछापुच्छ्रे
🥉 हेसाङ सारा मगर – हिमति
🥉 जितेन परियार – एब्सोल्युट

महिला ओभर १८
🥇 ऋतु बुढाथोकी – माछापुच्छ्रे
🥈 आशिक मानन्धर – पोखरा
🥉 सुदिक्षा सुनार – एब्सोल्युट
🥉 रोशनी सुनार – एब्सोल्युट

महिला अण्डर १७
🥇 प्रतिक्षा राणा – एब्सोल्युट
🥈 मियाङ गुरुङ – एब्सोल्युट
🥉 सुहानी पुन – बागलुङ
🥉 लिजा पुन – एब्सोल्युट

क्योर्गी प्रतिस्पर्धाका विजेताहरू

पुरुष अण्डर २६ के.जी.
🥇 शिरजान पुन – HTTD डोजाङ
🥈 समित देउवा – सहिद डोजाङ
🥉 बिराज भण्डारी – एब्सोल्युट
🥉 अभिजित पाठक – हिमालयन

पुरुष अण्डर २९ के.जी.
🥇 के.बी. तामाङ – सहिद
🥈 यावेश गुरुङ – सहिद
🥉 इशान महतो – वारियर
🥉 यूनिक परियार – HTTD

प्रतियोगितामा माननीय मन्त्री बिन्दु कुमार थापा प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। साथै गण्डकी प्रदेश खेलकुद परिषद्, कास्की जिल्ला खेलकुद विकास समिति, नेपाल तथा कोरियाका तेक्वान्दो समितिका प्रतिनिधिहरू को विशेष उपस्थिति रहेको थियो।

प्रतियोगिताका बाँकी खेलहरू भोलि सम्पन्न गरिनेछ, जहाँ अझ रोमाञ्चक प्रतिस्पर्धा तथा उत्कृष्ट प्रदर्शनहरू देख्न सकिनेछ। प्रत्यक्ष प्रसारण तथा तस्बिरहरू हेर्न नछुटाउनुहोस्! तपाईंले गुर्खा प्लेजको YouTube च्यानलमा प्रत्यक्ष प्रसारण हेर्न सक्नुहुन्छ तथा गुर्खा प्लेजको फेसबुक पेजमा प्रतियोगिताका तस्बिरहरू अवलोकन गर्न सक्नुहुन्छ!

पोखरामा तेक्वान्दोको यो ऐतिहासिक प्रतियोगिता ऊर्जा र उत्साहका साथ सम्पन्न हुँदैछ।

प्रतिक्रिया

लेखकको बारेमा

Sailesh Gurung