+
Search

ताजा अपडेट +

पपुलर +

पोखरामा पहिलो माया गण्डकी प्रदेश स्तरीय खुला तेक्वान्दो च्याम्पियनशिप २०८२ सम्पन्न गर्न सम्पूर्ण तयारी पूरा

पोखरामा पहिलो माया गण्डकी प्रदेश स्तरीय खुला तेक्वान्दो च्याम्पियनशिप २०८२ सम्पन्न गर्न सम्पूर्ण तयारी पूरा

Gurkha Plays
२०८२ जेष्ठ १५, बिहीबार १४:५७ बजे

पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्ड हलमा जेठ १५ र १६ गते आयोजनाहुने पहिलो माया गण्डकी प्रदेश स्तरीय खुला तेक्वान्दो च्याम्पियनशिप २०८२ को सम्पूर्ण तयारी पूरा भएको छ। रेख माया गुरुङ तथा उनकी टोली पूर्ण रूपमा प्रतियोगिताको आयोजना गर्न तयार रहेका छन्।यस प्रतियोगितामा ६०० भन्दा बढी खेलाडीहरू सहभागी हुँदैछन्, जसले गण्डकी प्रदेशमा तेक्वान्दो खेलको महत्वलाई अझ विस्तारित गर्ने विश्वास गरिएको छ।प्रतियोगिता राष्ट्रिय खेलाडी, प्रशिक्षक, अन्तर्राष्ट्रिय रेफ्री तथा गण्डकी प्रदेशकी पहिलो अन्तर्राष्ट्रिय रेफ्री रेख माया गुरुङ को नेतृत्वमा आयोजना गरिएको हो। यस प्रतियोगितामा एब्सोल्युट तेक्वान्दो दोजाङ तथा विभिन्न व्यक्तिहरू र संस्थाहरूको सहयोग रहेको छ।खेलाडीहरूले निम्न तीन प्रमुख इभेन्टहरूमा प्रतिस्पर्धा गर्नेछन्:

ग्योरुकि (स्प्यारिङ)

पुम्से (फर्म्स)

स्पीड किक

पुरुष तथा महिला दुवै वर्गमा प्रतिस्पर्धा गरिनेछ, साथै उमेर समूहअनुसार अलग-अलग प्रतियोगिता हुने छ।प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका अधिकारीहरू को उपस्थितिले यसको स्तरलाई अझ उचाइ दिनेछ।खेलाडीहरूले तीनै इभेन्टहरूमा भाग लिन सक्नेछन्। प्रति व्यक्ति, प्रति इभेन्ट प्रवेश शुल्क रु. १,००० निर्धारण गरिएको छ, जसमा खाना तथा बिहानको नास्ता समावेश गरिएको छ।

प्रतियोगितामा शीर्ष तीन टिमहरू निम्नानुसार सम्मानित हुनेछन्:
पहिलो स्थान: रु. ३०,००० तथा ट्रफी
दोस्रो स्थान: रु. २०,००० तथा ट्रफी
तेस्रो स्थान: रु. १०,००० तथा ट्रफी

प्रतियोगिताको मुख्य उद्देश्य गण्डकी प्रदेशमा तेक्वान्दो प्रवर्धन गर्नु साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरू उत्पादन गर्नु रहेको छ।प्रतियोगिता गुर्खा प्लेज द्वारा आधिकारिक मिडिया पार्टनरको रूपमा प्रवर्धन गरिएको छ, जसले यसलाई व्यापक प्रचारमा लैजानेछ।सम्पूर्ण तयारी पूरा भइसकेको हुँदा, पोखरामा प्रतिष्ठित खेलाडीहरू, निर्णायकहरू तथा अधिकारीहरूको उपस्थितिमा एक रोमाञ्चक प्रतिस्पर्धा हुन गई रहेको छ ।

 

 

प्रतिक्रिया

लेखकको बारेमा

अभिलेख