पोखरा महानगरपालिका–१५ वडा कार्यालयको आयोजनामा सुरु भएको Ward–15 Sports Festival को पहिलो दिन विभिन्न खेल गतिविधिसहित भव्य रूपमा सम्पन्न भएको छ। महोत्सवको औपचारिक उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख (मेयर)ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
महोत्सवको पहिलो दिन फुटबलतर्फ तीन खेलहरू सञ्चालन गरिएका थिए। जसअन्तर्गत एक खेल विद्यालयस्तर र दुई खेल अन्तरटोल/क्लब स्तरका रहेका थिए।
विद्यालयस्तरको पहिलो खेलमा थ्री एन्जल्स स्कूल र श्री सिद्ध माविबीच प्रतिस्पर्धा भएको थियो। उक्त खेलमा श्री सिद्ध माविले थ्री एन्जल्स स्कूललाई ४–० गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ।
अन्तरक्लब स्तरको दोस्रो खेलमा श्री दिव्य ज्योति क्लब र गलेश्वर क्लबबीच कडा प्रतिस्पर्धा देखिएको थियो। निर्धारित समयमा खेल १–१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा प्रवेश गरेको थियो, जहाँ श्री दिव्य ज्योति क्लबले ४–३ को नतिजासहित विजय हात पारेको छ।
त्यसैगरी तेस्रो खेलमा श्री १५ र अलकापुरबीचको प्रतिस्पर्धामा अलकापुरले ३–१ गोल अन्तरले जित निकाल्न सफल भयो।
Ward–15 Sports Festival अन्तर्गत आगामी दिनहरूमा विभिन्न खेलहरू सञ्चालन हुने आयोजकले जनाएको छ। महोत्सवको प्रत्यक्ष प्रसारण, तस्बिर तथा थप अपडेटहरू Gurkha Plays मार्फत निरन्तर प्रस्तुत गरिनेछ।
प्रतिक्रिया